आइतबार विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो ।

आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । शुक्रबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

आइतबार बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ। शुक्रबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ११ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । शुक्रबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after