मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । दलबलसहित बालकोट पुगेकी मीनालाई आइतबार बिहान पक्राउ गरिएको हो ।

ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । ‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि बढाउँछौँ ।’

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् । आइतबार बालकोट पुगेकी उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । उनले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस