एक वर्षमा ७९४ कर्मचारीले छाडे सरकारी जागिर

काठमाडौं । एक वर्षमा ७ सय ९४ निजामती सेवामा कार्यरत कर्मचारीले जागिरबाट बिदा लिएका छन् । राष्ट्रिय किताबखानाका अनुसार सेवा अवधि बाँकी रहँदै चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले राजीनामा बुझाएका हुन् ।

किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्।

यसैगरी प्रथम श्रेणी (सहसचिसरह) का आठ कर्मचारीले राजीनामा गरेका छन्। यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन् ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् । निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस