नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

काठमाडाैँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार दशौं तहका कर्मचारी अधिकारी खुला प्रतिस्पर्धाबाट तीनजनामा छानिएका थिए।

सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन गरेको छनौट समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको स्रोतले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस