हिमालयन हाइड्रो एक्स्पो २०१९ हुँदै

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको छ ।

 

नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा अभुतपूर्व क्रियाकलापसँगै थप उर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निमार्णको बाटोमा राष्ट्र अघि बढेको छ ।

हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एक ठाँउमा भेला गर्ने उद्देश्यले आयोजना हुन लागेको इभेन्ट सोलुसनले वताएको छ ।

आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा जलविद्युत प्रवर्धक, इक्यूपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । एक सयभन्दा बढी स्टल रहने छन् ।

ती स्टलमध्ये ५० भन्दा बढी विदेशी स्टल रहने वताईको छ । यसपटकको एक्स्पोमा उर्जासँग सम्वन्धीत नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छ’क अवलोकनकर्ताहरुलाइ हेलीकाेप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको छ ।

साथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्मार्थीहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधूनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।

यसपटकको एक्स्पोमा उर्जासँग सम्वन्धीत नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकाेप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको इभेन्ट सोलुसन प्रशासन प्रमुख अमृता अधिकारी बताउँछिन् ।

साथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्मार्थीहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आध’निक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस