कुमारी बैंकको १०% बोनस सेयर घोषणा

काठमाडौं । कुमारी बैंकले १०% बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds