विद्युतीय कारमा ग्राहकको आकर्षण

काठमाण्डौ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ । केही बैंकहरुले विद्युतीय कारका लागि सस्तो ब्याजदरमा कर्जा घोषणा गरेका छन् । त्यसैले विद्युतीय कारमा ग्राहकको आकर्षण बढेको छ ।

यसअघि नै बजारमा बिक्री भैरहेका महिन्द्राको ईटूओ र इभेरिटो, कियाको सोल ईभीसहित यसपटकको अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ । शोमा सिप्रदी ट्रेडिङले पहिलोपटक टाटाको विद्युतीय गाडी राखेको छ। एकपटक चार्ज गर्न ३ घन्टा लाग्ने र यसले १ सय ३० किलोमिटर यात्रा गर्न सकिनेछ ।

हुन्डाई कोना अटो शोको अर्को आकर्षण हो । हुन्डाई मोटर्सका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले यो गाडी बिक्री गर्न थालिसकेको छ । तर नाडा अटो शोमा भने पहिलोपटक यो गाडी सार्वजनिक भएको छ । एकपटक चार्ज गर्दा यो गाडी ३२०–३५० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि सियोल ईभी बेचेर उत्साहित भएको कन्टिनेन्टल ट्रेडिङले यसपटकको अटो शोमा कियाको निरो प्रदर्शनीमा राखेको छ ।

एकपटक चार्ज गरिसकेपछि यो गाडी ४ सय ८० किलोमिटरभन्दा धेरै गुड्न सक्ने किया कम्पनीको लागि नेपाली विक्रेता कन्टिनेन्टल एसोसिएट्सका मन्जित पोख्रेलले जानकारी दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी …

प्रतिकृया दिनुहॊस