नाडा अटो शोमा ससाङयोङको नयाँ गाडी प्रर्दशनीमा, मुल्य ७३ लाख ९९ हजार

काठमाडौँ ।  कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी साङयोङ मोटर्सले नाडा अटो शोमा आफ्नो सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं H १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथमा विभिन्न अाकर्षक अफरहरु ल्याएकाे जानकारी दिएकाे छ ।

यसका प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र रु. २५ हजारसम्मको एसेसरिज सुविधा दिने वताएकाे छ ।

नाडामा लन्च भएको मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुटको सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार रहेकाे छ । नाडा प्रदर्शनी २०१९ मा साङयोङ कम्पनीका गाडीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप