राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘बैंक अफ कोरिया नलेज पार्टनरसिप प्रोग्राम’ कार्यक्रम सन्चाल गर्ने समझदारी भएको छ ।

मंगलबार काठमाडौंमा भएको यससम्बन्धी समझदारीमा राष्ट्र बैंकका तर्फबाट निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका तर्फबाट उपमहानिर्देशक जी यङ जुङले हस्ताक्षर गरे ।

यस कार्यक्रमअन्तर्गत् बैंक अफ कोरियाको टोलीले नेपालको वित्तीय समावेशीकरण, साक्षरतालगायतका विषयमा अध्ययन, अनुसन्धान गरी राष्ट्र बैंकलाई नीतिगत सुझाव दिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम …

प्रतिकृया दिनुहॊस