Tag Archives: featured

आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ । डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो । उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ …

पुरा पढ्नुहॊस »

नेपाल ईन्स्योरेन्सले गर्यो मर्जमा जाने निर्णय, बोनस सेयर पास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको कम्पनीले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । …

पुरा पढ्नुहॊस »

इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैन :आइडिया नेपाल

इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका छन् । यस बिषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा कार्यालय उद्घाटनका सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लग्नुपर्नेमा जोड दिएका हुन् । …

पुरा पढ्नुहॊस »

“अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं ।  आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंकबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले …

पुरा पढ्नुहॊस »

टिभिएस मोटर कम्पनीको ब्राण्ड एम्बेसेडर स्वस्तिमा र प्रदीप

काठमाडौं । टिभिएस मोटर कम्पनी, विश्वमै दुई पाङग्रे र तीन पाङग्रे सवारी साधनको प्रतिष्ठित निर्माताले लोकप्रिय स्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.द्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको छ । जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म – TVS SmartXonnect*   छ  र  …

पुरा पढ्नुहॊस »

चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

काठमाडौं । चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज सार्वजनिक  भएको छ । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, धिरेन शाक्य, प्रविण खतिवडा,लिजा सुनार, छुल्ठिम गुरुङ , परि राना लगायतको अभिनय छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । अब कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु कुमारी क्यापिटलले गर्नेछ । कुमारी क्यापिटलले भदौ ९ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकले माग्यो कर्मचारी

काठमाडौं । निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।    

पुरा पढ्नुहॊस »

‘टीभीएस एनटर्क १२५’ को ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा र प्रदीप

काठमाडौं । टीभीएस कम्पनीका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई ‘टीभीएस एनटर्क १२५’ को ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । लोकप्रिय कलाकारकारुपमा परिचित स्वस्तिमा र प्रदीपलाई टीभीएस एनटर्क १२५ को ब्रान्ड एम्बेसडर नियुक्त गरेको कम्पनीले जनाएको छ । गएको वर्ष ‘स्पार्टी स्मार्ट स्कुटर’ टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको र यो लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी इन्स्योरेन्सको ३३ औँ शाखा म्याग्दीमा

म्याग्दी । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा नयाँ योजना ल्याउने तयारी गरेको छ। ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो। महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन्। उनले महालक्ष्मी लाइफ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds