काठमाडौं । अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमस्मार्टहोम एपमार्फत वाइफाइ कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा छ। अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर …
पुरा पढ्नुहॊस »पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने
काठमाडौँ । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको सुविधा थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । नयाँ सेवा सुरु भएसँगै पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ । कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक …
पुरा पढ्नुहॊस »माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। आइतबार उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरेको हो। यस संगै यो मुद्दा माउन्टेन इनर्जीले जितेको छ …
पुरा पढ्नुहॊस »टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै डिशहोम
काठमाडौँ । २०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । आउँदो टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्न लागिएको हो । यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डे भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, …
पुरा पढ्नुहॊस »प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट हुने भएको छ । यस सम्बन्धमा दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि …
पुरा पढ्नुहॊस »एनआईसी एसिया बैंकमा भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट
काठमाडाैं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने योजना ल्याएको छ। साथै, साधारण बक्यौता ब्याज रकममा समेत विशेष छुट प्रदान गर्ने बैंकले जनाएको छ। मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
काठमाडौँ । वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरू सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो …
पुरा पढ्नुहॊस »ग्लोबल बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने …
पुरा पढ्नुहॊस »नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही मिति २०८१ साल वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो । उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभान्वित भएका छन् । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरू गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको …
पुरा पढ्नुहॊस »‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश
ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तरआबद्धले मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबार गर्न सकिने भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटलका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधिको उपस्थितिमा सोमबार उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । अन्तरआबद्धता साथमा सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताले फोनपे …
पुरा पढ्नुहॊस »