Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाको आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि २० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम मिति आज वैशाख २७ गतेसम्ममा २० जनाको आवेदन परेको बैंकले जनाएको छ। आवेदन दिनेमा अगम मुखिया, रामदेव यादव, दुर्गा कुमारी कँडेल (छतकुली), पवन रेग्मी, नरेशराज अर्याल, विष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय, दीर्घबहादुर अर्याल, तथा देवेन्द्र रमण खनालले आवेदन दिएका छन् । त्यस्तै शंकर कुमार रायमाझी , झविन्द्र …

पुरा पढ्नुहॊस »

हुन्डाईले नेपालमै सुरु गर्यो चारपाङ्ग्रे सवारीको एसेम्बल

काठमाडौँ । कोरियाली सवारी निर्माता कम्पनी हुन्डाईले नेपालमा नै सवारी उत्पादन (एसेम्बल) सुरु गरेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरेर सवारी एसेम्बल गर्न थालेको हो । ६ महिनादेखि जारी उत्पादनको परीक्षण सफल बनेपछि लक्ष्मी समूहले औपचारिकरुपमा नै उद्घाटन गरेको हो । यो प्लान्टको वार्षिक उत्पादन क्षमता साढे ५ हजार सवारी उत्पादन रहेको छ । लक्ष्मी समूहले कोरियाली लगानी बिनै प्लान्ट स्थापना गरेर …

पुरा पढ्नुहॊस »

शुक्रबार २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार सातोको अन्तिम दिन आज (शुक्रबार) सुन मूल्य ह्वात्तै बढेको छ । बिहीबारर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन्। अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ। ‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नुभई …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्लाको सिम्ले शाखाले धादिङवेशी नगरपालिका–६ स्थित श्री कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरू हस्तान्तरण गरेको हो। श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्न समेत र पाठ्य …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्‍यो विभिन्न सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरिएको हो । वडा क्षेत्रभित्र लागुऔषध अपराध सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखि त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा Dynamic QR Payment System सञ्चालनमा ल्याएको छ । Dynamic QR Payment System को उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् उक्त भुक्तानीको र अन्य विवरण मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । Dynamic QR Payment System मा विभिन्न बैंकको नियमानुसार अधिकतम रु …

पुरा पढ्नुहॊस »

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीतरसंगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »