‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तरआबद्धले मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबार गर्न सकिने भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटलका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधिको उपस्थितिमा सोमबार उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

अन्तरआबद्धता साथमा सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताले फोनपे नेटवर्कस्थित नेपालभरका व्यवसायी स्टोरमा सहज र सुरक्षितरूपमा भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो, ‘हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौँ ।

यस साझेदारीले हाम्रा प्रयोगकर्तालाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्न सदैव तत्पर रहने हाम्रो दृष्टिकोण दर्शाएको छ ।’ मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडलले भन्नुभयो, ‘हामी फोनपेसँग आबद्ध हुँदै फोनपे नेटवर्कअन्तर्गतका देशभरका १४ लाख व्यवसायीमाझ मोरु डिजिटल वालेट प्रयोगकर्ताको पहुँचमा पु¥याउन पाउँदा अत्यन्तै खुसी छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस