काठमाडौं । मेक्सिकोमा हेलिकोप्टर दुर्घटना भएको छ । मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
भूकम्पको इपिसेन्टर अोक्साअाका नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको मेक्सिको न्यूज डेलीले जनाएको छ।
हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जनाएको छ।

तपाईंको प्रतिकृया




