काठमाडौं । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आइतबार सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् । यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि …
पुरा पढ्नुहॊस »किर्तेमा मात्रै मुद्दा चल्दा प्रतिवादीलाई १ वर्ष सजाय हुन्छ
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी बनाइए पनि बिगो मागदाबी भने २ सय ३९ जनासँग मात्रै गरिएको छ । यस प्रकरणमा सिआइबीको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर सरकारी वकिल कार्यालयले ‘हाई प्रोफाइल’ पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिँदै त्यतिबेलाका …
पुरा पढ्नुहॊस »छैन भारी वर्षा (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार …
पुरा पढ्नुहॊस »कांग्रेस अनुशासन समितिको कार्यविधि पारित
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । समितिको बैठक भोलि यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।
पुरा पढ्नुहॊस »अनामनगरका अवैध संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित धोबी खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाएको छ । भाटभटेनी नजिकैको पुलबाट थापा गाउँ तिरको उत्तरतर्फ करिब दुई रोपनी क्षेत्रफलमा बनाइएका अवैध संरचनामा डोजर चलाएको हो । उनका अनुसार त्यहाँ मोटर साइकल ग्यारेज र चमेनागृह सञ्चालनमा थिए । संरचना हटाउन महानगरले ठूलो संख्यामा नगर प्रहरीको उपस्थित गराएको थियो । बाँकी खोला किनारका अन्य अवैध संरचना हटाउने कामलाई निरन्तरता दिने महानगरले बताएको छ । यसअघि …
पुरा पढ्नुहॊस »१० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित …
पुरा पढ्नुहॊस »हाजिरी जवाफ प्रतियोगिता हुँदै
काठमाडाैं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र …
पुरा पढ्नुहॊस »ललितानिवास प्रकरणमा जोडिएका दाङका सिडिओ मन्त्रालय तानियो
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ । मन्त्रालयले सिडिओ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो । उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई मन्त्रालय तानिएको बताइएको छ । वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा …
पुरा पढ्नुहॊस »सीआईबीले नाम नदिएका सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा दायर
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नाम नदिएका राउतविरुद्द पनि मुद्दा दायर भएको हो । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयले राउतविरुद्ध सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।
पुरा पढ्नुहॊस »ललिता निवास प्रकरण : २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचलाइने
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले केही बेरअघि काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गराएको हो । उनीहरुविरुद्ध संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था …
पुरा पढ्नुहॊस »