ललितानिवास प्रकरणमा जोडिएका दाङका सिडिओ मन्त्रालय तानियो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ । मन्त्रालयले सिडिओ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो ।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई मन्त्रालय तानिएको बताइएको छ । वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ ।

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो । मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस