ललिता निवास प्रकरण : २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचलाइने

काठमाडौँ ।  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले केही बेरअघि काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गराएको हो ।

उनीहरुविरुद्ध संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष निकालेको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस