प्रतिनिधि सभाबाट नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको थियो । नेम्वाङको निधनमा १ मिनेटसम्म सांसदहरुले उठेर मौन धारणसमेत गरेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो । शोक प्रस्ताव पारित भएसँगै बैठक स्थगित भएको छ । प्रतिनिनिधिसभाको अर्को बैठक भोली १ बजे बस्ने पनि सभामुखले जनाए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री