काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताए । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गरे । सभापति देउवाले ऐतिहासिक जननिर्वाचित …
पुरा पढ्नुहॊस »संविधान कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियान जारी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताए । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माणदेखि भएका कानूनको परिपालनामार्फत जनतामा …
पुरा पढ्नुहॊस »आज संविधान दिवस
काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण …
पुरा पढ्नुहॊस »आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । …
पुरा पढ्नुहॊस »प्रतिष्पर्धाबाट नभेटिएपछि बिना परीक्षा ३६ जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् । जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन् । मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको …
पुरा पढ्नुहॊस »शेखर समूहले भन्यो- पार्टीलाई कार्ययोजना अनुरुप नै चलाउ
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला समूहले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ । मंगलवार बालुवाटारमा बसेको डा. कोईराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो । काँग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समिक्षा …
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेलद्वारा ६७० कैदीको बाँकी सजाय माफी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम बुधबारदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भीमबहादुर खवास, हर्कबहादुर लिम्बू, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।
पुरा पढ्नुहॊस »सुनको सिक्री लुटेको आरोपमा चार जना पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए । पक्राउ परेका भारतीय …
पुरा पढ्नुहॊस »संविधानविपरितका बाहेक सबै माग पूरा गर्न तयार छौ, वार्तामा आउनुहोस् : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै खड्काले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल र संवादको माध्यमबाट अघि बढ्न सकिने बताए। सरकार महासंघले उठान गरेका मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरेका हुन्। सरकार मुलुकको अर्थतन्त्रले धान्न सक्ने र संविधानले शिक्षाका लागि गरेका व्यवस्थाको प्रतिकुल हुने सम्पूर्ण मागहरू सम्बोधन …
पुरा पढ्नुहॊस »पुलिस रिपोर्ट सम्बन्धी बन्यो नयाँ व्यवस्था
काठमाडौँ । ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ । सोमबार राजपत्रमा प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन । साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा …
पुरा पढ्नुहॊस »