सुनको सिक्री लुटेको आरोपमा चार जना पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् ।

प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए । पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ । असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस