प्रतिष्पर्धाबाट नभेटिएपछि बिना परीक्षा ३६ जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् । जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन् ।
मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो । नियुक्तिकोो परीक्षामा सहभागी २११ जनामध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए ।

संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ ।

रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ । आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो । तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि अब न्याय परिषदले छानेर नियुक्त गरेको छ ।

हेर्नुस् सूची : सूची

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस