समाचार

उपत्यकामा द्रुत बस सेवा, सूर्यविनायक-रत्नपार्क ४५ मिनेट मात्र !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ । आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती …

पुरा पढ्नुहॊस »

कुवामा पानी पिउन गएका युवा चिप्लिएर सेती नदीमा खसेर बेपत्ता

काठमाडाैँ । बझाङस्थित सेती नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका हुन् । केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेका थिए । स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेका पुजारा बेपत्ता भएका प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

जनताले राजनीतिक नेतृत्वबाट धोका पाएको महसुस गरेका छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन गर्न असफल बनेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेतृत्व जनताको अवस्था परिवर्तनमा चुकेको बताए । ‘जन निर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख …

पुरा पढ्नुहॊस »

आम माफी : टीकापुर घटनामा कैलाली कारागारमा रहेका तीन जना रिहा हुँदै

काठमाडाैँ । टीकापुर घटनामा कैलाली कारागारमा कैद सजाय भोगिरहेका तीन जना आज रिहा हुँदैछन् । संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुन लागेका हुन् । कैलाली कारागारमा जेल जीवन बिताइरहेका नौं जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये तीन जना टीकापुर हत्याकाण्ड मुद्दाका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा …

पुरा पढ्नुहॊस »

इन्द्रजात्रा चलाउनै आर्थिक संकट

काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् । इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौं महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ । ‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ …

पुरा पढ्नुहॊस »

दस हजार झोलुङ्गे पुल निर्माण

काठमाडौँ । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र …

पुरा पढ्नुहॊस »

नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव आज

काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज हुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार रोकिएको महोत्सवको कार्यक्रम ३ गते (आज) हुन लागेको हो । कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो । तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा कि …

पुरा पढ्नुहॊस »

काठमाडौंको सडकमा शिक्षकहरूको आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो । महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

पुरा पढ्नुहॊस »

चम्कियो घरजग्गा कारोबार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो । नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ …

पुरा पढ्नुहॊस »

आजको दिनले हामीलाई दायित्व बोध गराउनेछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताए …

पुरा पढ्नुहॊस »