आम माफी : टीकापुर घटनामा कैलाली कारागारमा रहेका तीन जना रिहा हुँदै

काठमाडाैँ । टीकापुर घटनामा कैलाली कारागारमा कैद सजाय भोगिरहेका तीन जना आज रिहा हुँदैछन् । संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुन लागेका हुन् । कैलाली कारागारमा जेल जीवन बिताइरहेका नौं जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये तीन जना टीकापुर हत्याकाण्ड मुद्दाका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा हुन लागेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा आज रिहा भइरहेका छन् ।

यसअघि टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए । उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् । वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित आठ जनाको हत्या भएको थियो ।

कैलाली कारागारबाट कैदी रिहा हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता, मन्त्री, सांसद स्वागतका लागि धनगढी पुगेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस