काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठ नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित डा. भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा बिहीबार मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम ती नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्य बनाइएको हो । देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद …
पुरा पढ्नुहॊस »दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, बिहेमै ल्याएका थिए लाखौँ सम्पत्ति
काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ …
पुरा पढ्नुहॊस »प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, टोलीमा को-को छन् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको टोली सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले ८ दिने भ्रमण तालिका सार्वजनिक गरेको हो । अमेरिकाबाट सीधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्ड असोज ६ देखि १३ सम्म त्यहीँ रहन्छन् । परराष्ट्र मन्त्रालयलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, …
पुरा पढ्नुहॊस »गगन थापाको आग्रह- विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउने आश्वासन दिँदै विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन् । उनले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताए । ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ,’ प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले भनेका छन्, ‘संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’ शिक्षा विधेयक …
पुरा पढ्नुहॊस »नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
काठमाडाैँ । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०-३० …
पुरा पढ्नुहॊस »२० वर्षीया युवतीमाथि सामुहिक बलात्कार, पाँच महिनापछि चार युवक पक्राउ
काठमाडौं । डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका–३ का हुन् । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एक जना १८ वर्षीय किशोर रहेका छन् । उनीहरुमाथि फरक फरक समय …
पुरा पढ्नुहॊस »फेरि सक्रिय भयो रुटिन अफ नेपाल बन्दको पेज
काठमाडौं । ४० लाखभन्दा बढी फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ । आफूबाट विगतमा केही गल्तीहरू भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो । ‘कुनै पनि गल्ती वा त्रुटिहरू हामीले जानाजान गरेनौँ । यद्यपि, ती गल्तीहरू सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ । काठमाडौं महानगरपालिकाका …
पुरा पढ्नुहॊस »जीपले हान्दा बाइकमा सवार भट्टराईको मृत्यु
काठमाडौँ । पाल्पामा जीपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा बगनासकाली गाउँपालिका-७ झाँक्रीस्थानका २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो । सदरमुकाम तानसेनदेखि बगनासकाली-७ खानीगाँउका लागि छुटेको जीपले बगनासकाली-९ चाप्पानीको भित्री पक्की सडकमा बुधबार भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते सुधनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय समिति बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसम मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति …
पुरा पढ्नुहॊस »कर्मचारी तथा जनप्रतिनिधिहरू थाकेको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिइएको हो । ‘विगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा गरिएको ब्यहोरा …
पुरा पढ्नुहॊस »