समाचार

पूर्व प्रेमीद्वारा रेवती र ९ महिने बालिकाको हत्या स्वीकार

काठमाडौँ । सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भएको स्वीकार गरेका सिद्धकुमाख-२ खानिगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएका बस्नेतलाई सार्वजनिक गरेको हो । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनीका ९ महिनाकी छोरी ऋतुको शव फेला परेको …

पुरा पढ्नुहॊस »

जयेन्दु बाल सुधार गृहमा मध्यराती झडप : एकको मृत्यु, १० जना घाइते

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । गएराती भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका हुन् । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक-पटक झडप हुँदै …

पुरा पढ्नुहॊस »

दुई समुदायबीच फेरि झडप, मलंगवामा अनिश्चितकालिन कर्फ्यु

काठमाडौँ ।  सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।  दुई समुदायबीच झडप भएपछि सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले  गएराति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।  मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा  विवाद भएपछि स्थिति नियन्त्रणमा लिन राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए …

पुरा पढ्नुहॊस »

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट …

पुरा पढ्नुहॊस »

शिक्षकहरू आन्दोलनमा होमिँदा देशभरको पठनपाठन प्रभावित

काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो । दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । उनकाअनुसार शिक्षकहरूका मागको बारेमा आज फेरि बैठक बसेर सहमति जुटाउन प्रयास गरिनेछ । सहमति जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाई छ । नेपाल राष्ट्रिय शिक्षक …

पुरा पढ्नुहॊस »

देशभर बदली, यी तीन प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविद्ले जनाएका छन् । झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, …

पुरा पढ्नुहॊस »

शिक्षकहरूको आन्दोलनले दिनभर अस्तव्यस्त बानेश्वर-माइतीघर क्षेत्र (भिडिओ)

काठमाडौँ । शिक्षकहरुको आन्दोलनले बानेश्वर-माइतीघर क्षेत्र अस्तव्यस्त बनेको छ । बुधबारदेखि आन्दोलन सुरु गरेका उनीहरुले बिहीबार पनि आन्दोलन जारी राखेपनि यो क्षेत्रको यातायात अस्तव्यस्त बनेको हो । संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका थिए । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । महासंघले मन्त्रीबाट आफ्ना …

पुरा पढ्नुहॊस »

शिक्षकहरुलाई रास्वपाको चेतावनी- विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको हो । ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौं,’ महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ …

पुरा पढ्नुहॊस »

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको उल्लेख गरे । ‘समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सुशासन कायम गर्ने, समृद्धिको यात्रा र प्रक्रियालाई तीव्रता प्रदान गरेर फड्कोको …

पुरा पढ्नुहॊस »

राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई प्रदान गर्न लागेको हो । उक्त पुरस्कारको राशि रु एक लाख र ताम्रपत्र रहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, …

पुरा पढ्नुहॊस »