ओली बोलिरहँदा भीम रावल जिन्दाबाद भन्ने नारा लागेपछि…

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीम रावल जिन्दाबाद भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट भीम रावल जिन्दाबाद भन्दै नारा लागेको हो ।

ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्काउने प्रयास गरेका थिए ।

त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस