हमासको इजरायल आक्रमणमा १० नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो ।

यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको र यस आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका आशंका गरिएको छ ।

आक्रमणमा घाइते भएका नेपालीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली सम्पर्कविहीन भएको बताएका थिए । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस