जोगिए महरा, राहुलसहित चार जनालाई मुद्दा चलाइने

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रतिवेदन आइतबार वकिल कार्यालय पेश गरेको हो ।

भेप प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई मुद्दा चलाउन राय दिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । राहुल १३ भदौमा पक्राउ परेका थिए । उनीसहित भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ र उनका गाडी चालक लोकेन्द्र पौडललाई समेत मुद्दा चलाउन सिफारिस गरिएको छ ।

त्यस्तै ६१ किलो सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङलाईसमेत मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । दावा हाल पुर्पक्षको लाथि थुनामा छन् । भेसमार्फत गएको पुसमा सुन तस्करी भएको थियो । कृष्णबहादुर महराको संलग्नता भने नदेखिएकाले मुद्दा चलाउन आवश्यक नरहेको एसएसपी आचार्यको भनाई छ ।

उक्त सुन भन्सार कार्यालयकै कर्मचारीको मिलोमतोमा चोरी भएको खुलेको थियो । सो अभियोगमा हाल विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ । सो सुन चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस