बुटवल उद्योग वाणिज्य संघ अध्यक्षमा अर्याल विजयी

काठमाडाैँ ।– बुटवल उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरिप्रसाद अर्यालको प्यानल बिजयी भएको छ।

रूपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले अलग–अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

संघको २५ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो।

अध्यक्षका प्रत्याशी श्रेष्ठ भन्दा ८७ मत बढी ल्याएर अर्याल विजयी भएका हुन्। अध्यक्षमा विजयी अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ६८९ मत पाए।

अर्यालसँगै उद्योग उपाध्यक्षमा सुरज भट्टराईले ७७८, महासचिवमा मुक्ति अधिकारी ७६०, कोषाध्यक्षमा वसन्त ढकाल ८०९ मतसहित विजयी भएका छन्। त्यस्तै सहकोषाध्यक्षमा धनाकुमारी खनाल ८३० ल्याएर विजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन्।

सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेल विजयी भएका छन्। पोखरेलले ७२३ मत पाएर विजयी हुँदा अर्याल प्यानलका भेषराज गैरेले ७०७ मत पाए।

श्रेष्ठको प्यानलबाट उद्योग उपाध्यक्षमा नवीनप्रसाद श्रेष्ठ ६७२, महासचिवमा बाबुराम बिक ६९८, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ ६४४ र सहकोषाध्यक्षमा जाकीर हुसेनले ६३३ मतमा चित्त बुझाउनु पर्‍यो।

संघको बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

अध्यक्ष विजयी अर्याल २०७७ सालको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेर उज्ज्वल कसजुसँग झिनो मतले पराजित भएका थिए।

अर्याल स्टेशनरी व्यवसायी हुन्। पुस्तक तथा स्टेशनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्।

२०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। बुटवललाई गुल्जार र चलायमान बनाउने स्पष्ट योजनाका साथ आफू अगाडि बढ्ने अर्यालले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस