अमेरिका पठाईदिन्छु भनि ६५ लाख ठग्ने कैलालीका न्यौपाने पक्राउ

काठमाडौँ । अमेरिकामा तीन लाखको रोजगारीमा लगाई दिने लोभ देखाएर एक व्यक्तिले पाँच जनाबाट ६५ लाख ठगी गरेका छन् । कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीलगायत पाँच जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको हो ।

पैसा लिएर न्यौपाने सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसबापत प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले रकम लिएका अनुसन्धानमा खुलेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विभिन्न लोभ देखाएर उनले पीडितबाट पटक पटक गरी ६५ लाख ४५ हजार लिएका थिए । त्यसपछि परेको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको रेग्मीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस