समाचार

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा राजीनामा बुझाएका थिए । केही दिनसम्म गुपचुप रहेको उनको राजीनामा पाँच दिनपछि मात्रै सार्वजनिक भएको थियो । राजीनामाको कारणबारे गजुरेलले सरकारको …

पुरा पढ्नुहॊस »

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान नै काठमाडौ आएका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिउ। राष्ट्रपतिका प्रेस …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पुरा पढ्नुहॊस »

जडीबुटीको गेष्ट हाउसमा बसेका थिए अदालतबाट तकडीसहित भागेका खड्का

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका ठगीका आरोपी गेष्ट हाउसबाट पक्राउ परेका छन् । बुधबार अदालतबाट भागेका सिन्धुपाल्चोकको बाह्रबिसे २ का ३२ वर्षीय कमल खड्का आज बिहान जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट पक्राउ परेका हुन् । भक्तपुरको दुवाकोट बस्दै आएका उनलाई थुनछेक बहस गराउन प्रहरी वृत्त महाराजगन्जका प्रहरी वरिष्ठ हवल्दार इन्द्रबहादुर सिंजालीले अदालत लगेका थिए । त्यसक्रममा बुधबार दिउँसो साढे १ बजे उनी अदालत परिसरबाट हतकडीसहित भागेका थिए । उनको …

पुरा पढ्नुहॊस »

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकर नेपाल आइपुगेका छन् । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी भारतीय वायु सेवाको विशेष विमानमार्फत् काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् । त्यसलगत्तै …

पुरा पढ्नुहॊस »

पोखरा जाँदै गरेको बस तनहुँमा खस्यो, ३२ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो । जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणकाअनुसार बस सडकबाट अन्दाजी ५६ फिट तल खसेको छ । घाइतेमध्ये २९ जनाको तनहुँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार …

पुरा पढ्नुहॊस »

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन् । बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित भागेका थिए । उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज वृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो ।

पुरा पढ्नुहॊस »

डा. शेखर कोइरालाको प्रश्न- कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा पर्‍यो भन्नेहरू नै आज एमालेसँग मिल्नु तर्कसंगत हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने तयारीमाथि प्रश्न उठाएका छन् । उनले आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको भन्दै प्रश्न गरेका हुन् । कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको आरोप छ । ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कहिले आउला मेलम्चीको पानी ?

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन …

पुरा पढ्नुहॊस »