समाचार

त्रिवि उपकुलपतिका लागि पहिलो पटक खुल्ला प्रतिस्पर्धा, दरखास्त आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि खुला दरखास्त आह्वान गरेको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । …

पुरा पढ्नुहॊस »

कुटिए दुई मेनपावर व्यवसायी

काठमाडौं । संघीय राजधानी काठमाडौंमा दुई जना वैदेशिक रोजगार व्यवसायी कुटिएका छन् । टोखा नगरपालिका-५ बसुन्धारास्थित अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली र टोखा-७ मा रहेको बोन मेनपावर प्रालिका सञ्चालक युवराज रेग्मी कुटिएका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी  एशोसिएसनका पूर्वकार्यसमिति सदस्यसमेत रहेका खोखालीका नाकको हड्डी भाँचिएको र अनुहार तथा शरीरका विभिन्न भागमा चोट रहेको छ । अर्का व्यवसायी रेग्मी पनि घाइते छन् । नेपाल …

पुरा पढ्नुहॊस »

खुल्यो ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले आवेदन आह्वान गरेको हो । सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा …

पुरा पढ्नुहॊस »

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको हो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो भन्दा न्यून तापक्रम हुने सम्भावना छ । ‘आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । पौने ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना …

पुरा पढ्नुहॊस »

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ। स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

जनताले ‘मलाई आउ देश बचाउ’ भनिरहेका छन् : ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकले आफूलाई देश बचाउन बोलाइरहेको बताएका छन् । बिहीबार भैरहवामा नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफु जता गए पनि नागरिकले आऊ, देश बचाऊ भन्ने सुनिरहेको बताएका हुन् । सम्बोधनको क्रममा उनले आफु कतै नगएर नेपालीहरुको पिडालाई नियालिरहेको बताएका छन् । उनले भने- ‘म जता जाऊँ, जहाँ पुगौं, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ । देशको सभ्यता र समृद्धि बढाऊँ …

पुरा पढ्नुहॊस »

नेपाल र भारतबीच महत्वपूर्ण चार सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् । नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग …

पुरा पढ्नुहॊस »

भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड (१० अर्ब) सहयोग गर्ने विषयमा सहमति भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको …

पुरा पढ्नुहॊस »

१० वर्षीया बालिका घरबेटीबाटै बलात्कृत

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहरैँचाबाट एक जना पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले पक्राउ गरेको हो । धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । डेरामा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभिभावकले देखेपछि घटना बाहिर आएको हो । डर र क्रास देखाएका कारण बालिकाले घटनाका …

पुरा पढ्नुहॊस »