डा. शेखर कोइरालाको प्रश्न- कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा पर्‍यो भन्नेहरू नै आज एमालेसँग मिल्नु तर्कसंगत हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने तयारीमाथि प्रश्न उठाएका छन् । उनले आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको भन्दै प्रश्न गरेका हुन् ।

कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको आरोप छ । ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री