k|d bfxfnsf] k|d'v ;Nnfxsf/df uh'/]nsf7df8f}F, ( k';Mk|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] k|dv' ;Nnfxsf/df lgo'Qm x'g'ePsf xl/af]n uh'/]n . tl:a/M k|bLk/fh jGt÷/f;;

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा राजीनामा बुझाएका थिए । केही दिनसम्म गुपचुप रहेको उनको राजीनामा पाँच दिनपछि मात्रै सार्वजनिक भएको थियो ।

राजीनामाको कारणबारे गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस