समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

तीन प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । अहिले नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु (नाम/ठेगाना)

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । उनीहरुको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । जसमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, …

पुरा पढ्नुहॊस »

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, …

पुरा पढ्नुहॊस »

बालकुमारी घटना : ज्यान गुमाएका दुई युवकको शव गाउँमा लगियो

काठमाडौँ । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दैलेखका सुजन रावतको शवलाई परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो उनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको हो । शव परिवारलाई जिम्मा लगाएपछि अन्त्येष्टिको तयारी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ । वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन : कांग्रेस र माओवादीबीच सीट भागबन्डाबारे विमर्श

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ । गठबन्धनमा सीटको भागबन्डा मिलाउन मंगलबार कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेर छलफल गरेका हुन् । छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान …

पुरा पढ्नुहॊस »

हिउँदे वर्षा सुरु हुन ढिलो, बालीमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं । नेपालमा हिउँदे वर्षा गराउने प्रणाली अझै भित्रिएको छैन । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन नसकेको हो । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ । वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको मौसमविद् प्रतिभा मानन्धरले …

पुरा पढ्नुहॊस »

मोहन वैद्य बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई गएको आइतबारै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।

पुरा पढ्नुहॊस »

नैतिक संकटमा तीन मन्त्री

काठमाडाैं । ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन …

पुरा पढ्नुहॊस »

तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडाैं । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक …

पुरा पढ्नुहॊस »