जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन् । बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित भागेका थिए ।

उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज वृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस