अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भंगाल चपलीबाट पक्राउ गरेको हो । महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र तलब मासिक ४ लाख हुने भनी विश्वास दिलाएर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पटकपटक गरेर रकम लिएपछि फरार भएकी महतविरूद्ध पीडितले कार्यालयमा उजुरी दिएका थिए ।

अमेरिका जाँदा लागत ५० लाख रुपैयाँ लाग्ने भनेकी महतविरूद्ध उजुरी आएपछि प्रहरी खोजीमा थियो । महतलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको उपरीक्षक रेग्मीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस