रुसी सेनामा भर्ना भएका प्युठानका युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक अर्का युवाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका वडा नं. ४ काठेवरका सोनु सुनार रहेका छन् ।

उनको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको हो उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको उनले बताए ।

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट रुस गएका बुझिएको छ ।

हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ । यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस