दुर्घटनामा परी भीमदत्त-६ का वडाध्यक्ष खड्काको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । बुधबार राति उनले चलाएको म१प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after