समाचार

बाजुरामा उपचारका क्रममा सुत्केरीको मृत्यु

काठमाडाैं । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए । उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि …

पुरा पढ्नुहॊस »

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष सञ्चालन

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ । मंगलबार सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन् । स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन् । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले …

पुरा पढ्नुहॊस »

कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता तथा भक्तिप्रसाद सिटौला र प्रेमराज थाम्सुहाङ समर्थक रहेका थिए । गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । बिहान बसेको कार्यव्यवस्था …

पुरा पढ्नुहॊस »

डा. गोविन्द केसी पक्राउ

काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् । उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

पुरा पढ्नुहॊस »

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका हुन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी …

पुरा पढ्नुहॊस »

बाजुरामा गलेको अवस्थामा शिशुको शव फेला

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं ।बाजुरामा गलेको अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको बडिमालिका नगरपालिका-७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

पुरा पढ्नुहॊस »

तीव्र गतिका बाइक ठोक्किए, दुवै चालकको मृत्यु

काठमाडौं । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किएर महोत्तरीको औरहीमा दुर्घटना भएको छ । तीव्र गतिमा रहेका चालकले एकअर्कालाई नदेख्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास-जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरही नगरपालिका-१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे …

पुरा पढ्नुहॊस »

३५ फिट गहिरो इनारमा खसेका रामशरणको सकुशल उद्धार

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्तीस्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो । घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको …

पुरा पढ्नुहॊस »

एक वर्षमा १६ लाखभन्दा बढी विदेशतर्फ, स्थायी बसोबास गर्ने गरी ७१ हजार नेपाली बिदेसिए

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो । अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला …

पुरा पढ्नुहॊस »

इलाममा बाबुले छुरा प्रहार गरी गरे १८ वर्षीय छोराको हत्या

काठमाडाैं । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए । मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी (छुरा) प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए …

पुरा पढ्नुहॊस »