अमेरिका जाने आसमा ११ जना बन्धक, रातोपुलबाट उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस