सांकेतिक तस्बिर

९५ लाख बराबरको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित २ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुई ९५ लाख ४३ हजार विदेशी मुद्रा पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरू फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौं उत्रिएका थिए । दुवैमाथि आगमन गेटमा शंका लागि चेकजाँच गर्दा डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) भेटिएको थियो ।

हाल उनीहरूलाई प्रहरी वृत्त, गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस