महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक/शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।
पुरा पढ्नुहॊस »पशुपतिनाथमा हिन्दु, बौद्ध, किराँत विधिअनुसार विश्वशान्ति महायज्ञ
काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देशसहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै …
पुरा पढ्नुहॊस »घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?
काठमाडौं । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले …
पुरा पढ्नुहॊस »एकाबिहानै दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।
पुरा पढ्नुहॊस »कांग्रेस महासमितिमा विभिन्न प्रतिवेदन पेस हुँदै
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय कार्यसूची रहेको छ । महामन्त्री थापाले पेस गर्ने सांगठनिक …
पुरा पढ्नुहॊस »आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)
काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »बहुलवाद र संसदीय मूल्यमान्यता आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिन्छ : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवाद र संसदीय मूल्यमान्यतालाई आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिने बताएका छन् । सोमबारदेखि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पुरा पढ्नुहॊस »बालुवाटार पुगेर ईः ले प्रधानमन्त्रीलाई बुझाए मागपत्र
काठमाडौँ । सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका ईः सहितको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । पैदलयात्रा गरेको ९ औं दिन कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने उनीहरूको कार्यक्रम थियो । तर, सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा …
पुरा पढ्नुहॊस »अब जितगढी किल्ला प्रवेश गर्न शुल्क तिर्नुपर्ने
काठमाडौँ । बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो । गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ । जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी …
पुरा पढ्नुहॊस »