समाचार

रुसमा बिते वाईसीएल नेता साजन, रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुग्यो

काठमाडौं । रुस-युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस-युक्रेन युद्धमा मृत्यु भएको हो । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । ‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु …

पुरा पढ्नुहॊस »

टुँडिखेलको भिडमा घाइते भएका १५ डिस्चार्ज, १ जना अस्पतालमै (नामसहित)

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ । टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी …

पुरा पढ्नुहॊस »

राधेकी श्रीमतीको पनि मृत्यु, चार महिनाअघि मात्रै गरेको थिए प्रेम विवाह 

काठमाडौं । महोत्तरीको लोहारपट्टीका राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ । धनुषामा सोमबार मृत भेटिएका लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधेकी अस्मिता शर्माको पनि मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिताको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत …

पुरा पढ्नुहॊस »

पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० …

पुरा पढ्नुहॊस »

नेपालमा सानो भूकम्प जाँदा पनि किन हुन्छ ठूलो क्षति ?

काठमाडौं । २०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ । जहाँ १५७ जनाको मृत्यु भएको थियो भने भूकम्पपछि चिसो, झाडापखाला, दीर्घरोग, ज्वरोलगायतका कारण जाजरकोट र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । भूकम्पमा ६० हजार ४ सय ७८ परिवार घरवारविहीन भएको तथ्यांक छ । तर भूकम्प गएको झण्डै २ महिना बिते पनि झण्डै ४४ हजार भूकम्पपीडित परिवार त्रिपालकै भरमा छन् ।

पुरा पढ्नुहॊस »

चलिरहेछन् बिस वर्ष पुराना गाडी

काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न बाध्य छन् । त्यति मात्रै होइन, सङ्घीय राजधानी काठमाडौँदेखि धादिङको रुबीभ्याली जाने झन्डै १८१ किलोमिटर सडकमध्ये ९० किलोमिटर कच्ची सडकमा कुद्ने सार्वजनिक सवारीसाधन पनि १० देखि १५ वर्ष पुराना छन् । उक्त क्षेत्रको कच्ची सडक भरपर्दो छैन । रुबीभ्याली …

पुरा पढ्नुहॊस »

त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीप भेटियो, यात्रु खोज्दै गोताखोर टोली

काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । बिहान पौने ५ बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको …

पुरा पढ्नुहॊस »

आज भूकम्प सुरक्षा दिवस, प्रधानमन्त्रीको उपस्थितिमा भूकम्पबाट बच्ने तरिका प्रदर्शन

काठमाडौँ । आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । सरकारले सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५५ साल माघ २ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बरहथवामा गोली चलाउने प्रहरीलाई सेवाबाट हटाउन सिफारिस

काठमाडौं । सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । गएको पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ती हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको हो । घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले सोसम्बन्धी प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइसकेको छ । समितिले आइतबार (हिजो) प्रतिवेदन बुझाएको गृहका प्रवक्ता नाराणप्रसाद भट्टराईले जानकारी दिए । गोली लागेर बरहथवा नगरपालिका–६ …

पुरा पढ्नुहॊस »