समाचार

टुँडिखेलमा अत्याधिक भीड, चेपिएर ८ जना घाइते

काठमाडौं । काठमाडौंको टुँडिखेलमा भएको भिडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा …

पुरा पढ्नुहॊस »

इमाडोलको इनारमा खसेकी न्युटनको उद्धार

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । सोमबार बिहान इमाडोल कृष्णमन्दिर नजिकै एक घरको इनारमा २८ वर्षीया न्युटन प्रधानको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए । उद्धार गरिएकी प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । उनी दोलखा घर भई इमाडोलमा डेरा गरी बस्थिन् । उनको खुट्टामा चोट लागेको हुनसक्ने बताइएको छ । कपडा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँच्चिएपछि खस्न …

पुरा पढ्नुहॊस »

इमाडोलको इनारमा खसिन् २८ वर्षीया न्युटन

काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा एक महिला खसेकी छन् । सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडिको इनारमा २८ वर्षीया न्युटन प्रधान खसेकी हुन् । प्रहरीलाई बिहान ९ः५० बजे घटनाबारे खबर भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । अहिले उनको उद्धार गर्ने काम भइरहेको छ । प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको हो । दोलखा घर भएकी उनी इमाडोलमा भाडामा बस्ने गरेको …

पुरा पढ्नुहॊस »

बालिकालाई बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ गरेको हो । पाँच जना पक्राउ परेपनि अन्य चार जना फरार छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका-१४ घर भई गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका …

पुरा पढ्नुहॊस »

धाराको पानी खाएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए । खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना …

पुरा पढ्नुहॊस »

चाडपर्वले नेपालीबिच बन्धुत्व कायम गर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् । माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक …

पुरा पढ्नुहॊस »

आजदेखि कहाँ-कहाँ आउँदैछ मेलम्चीको पानी ?

काठमाडौँ । मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने भएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्ने जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल …

पुरा पढ्नुहॊस »

आज माघे सङ्क्रान्ति : तरुल, घ्यु, चाकु र खिचडी खाने दिन

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राजनीतिक दलहरू जनता केन्द्रित हुनुको विकल्प छैन : प्रकाशमान सिंह

कास्की । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमानदार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए । ‘राजनीतिक इमानदारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरू जनता केन्द्रित हुनुको विकल्प छैन’ नेता सिंहले …

पुरा पढ्नुहॊस »