लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन : देउवा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने बताए । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पारे । सभापति देउवा गृहजिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले फेरि भन्यो- चीनसँग अब ऋण लिनु हुँदैन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले अब चीनसँग ऋण नलिने र अनुदानकै प्रतिवद्धता कार्यान्वयनमा जानुपर्ने …

प्रतिकृया दिनुहॊस