सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण लाग्ने ब्याजमा छुट दिने निर्णय गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि ३० गतेसम्मका लागि छुट दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ३५ प्रतिशत छुट पाइँनेछ । कम्पनीले छुट सुविधाको सदुपयोग गर्दै ग्राहकलाई व्यतित बीमालेख नवीकरण गर्न अनुरोध गरेको छ ।

यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइँने र २०८२ कात्तिक २५ सम्म परिपक्व हुने बीमालेखमा यो सुविधा लागु नहुने जनाएको छ । छुट सुविधा प्रयोग गरी नवीकरण भएका बीमालेख १ वर्षभित्र समर्पण भएमा छुट सुविधाको रकम कट्टा गरिने शर्त कम्पनीले राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड भने नेतृत्वविहीन बनेको छ । बोर्डका निर्देशक डा. दामोदर बसौलाको …

प्रतिकृया दिनुहॊस