काठमाडौं । ललितपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका-३ पाङदुर गहिरा खोलास्थित सडकमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हाे । काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
पुरा पढ्नुहॊस »अब सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै लाइसेन्स !
काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स)को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको हो । यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको आवश्यकता रहेको भन्दै त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।
पुरा पढ्नुहॊस »कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट (तालिकासहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । २०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक …
पुरा पढ्नुहॊस »तेस्रोपटक आज विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री यादव
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । जनमतले साथ छोडे पनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश …
पुरा पढ्नुहॊस »डुम्रेबाट आबुरखैरेनी आउँदै गरेको बोलेरो अनियन्त्रित भएर पल्टियो
काठमाडाैं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरू ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार …
पुरा पढ्नुहॊस »संसद्मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »थाहा पाउनुहोस् तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी …
पुरा पढ्नुहॊस »बाजुराकी १७ वर्षीया रेजिनाको बलात्कारपछि हत्या, प्रहरीले दोषी बचाउन ३२ दिनसम्म जाहेरी लिएन
काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिया रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् । सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको …
पुरा पढ्नुहॊस »सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश र भैरहवा व्यवस्थापक दुर्गाा पक्राउ
काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ …
पुरा पढ्नुहॊस »