समाचार

पत्रकार महासंघको महाधिवेशन आजबाट सुरु

काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ ।  नेतृत्व चयनका लागि ७५ वटै जिल्लाबाट प्रतिनिधिहरु अार्इरहेका छन् । कार्यतालिकामा उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते आइतबार विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ः४५ बजे, उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ः३४ देखि ४ः४५ बजेसम्म, उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म रहेकाे छ …

पुरा पढ्नुहॊस »

सरकारले बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने

काठमाडौं । सरकारले  बाढीपीडितहरुलाई एक महिनासम्म दिनको ७० रुपैयाँ खाद्यान्न खर्च दिने निर्णय गरेको छ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताएका छन् ।

पुरा पढ्नुहॊस »

अमेरिकाले गर्‍यो नेपालको विकासका लागि ५० करोड डलर स्वीकृत

अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) को सञ्‍चालक समितिले ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ। एमसीसीको यो  दक्षिण एसियामै पहिलो कम्प्याक्ट कार्यक्रम हो। एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अमेरिकी दूतावासले जनाएको छ।

पुरा पढ्नुहॊस »

नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क भाेजन

राजविराज । नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क  भाेजन   खुवाएको छ ।  खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई  बिहीबार निःशुल्क भोजको खुवाएको  नेपाली सेनाले जनाएको छ । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।

पुरा पढ्नुहॊस »

महान्यायाधिवक्तामा सन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ

काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

पुरा पढ्नुहॊस »

दुर्लभ एकसिंगे गैंडाको उद्धार

काठमाडौं । बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैंडाको उद्धार गरिएको छ । । केही दिनअघि आएको बाढीले निकुञ्जबाट बगाएको उक्त गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको   हो ।

पुरा पढ्नुहॊस »

घरमा काम गर्नेबाटै हत्या

बूढानीलकण्ठ नारायणथानस्थित गीता ढकालको घरमा काम गर्ने मान्छेको खाँचो थियो । महाराजगन्जस्थित उनको अफिसमा एक दिन बालाजुका ३० वर्षीय सुदामा लामिछाने काम खोज्दै आइपुगे ।आफ्नो मावली पनि लामिछाने भएको र आफन्तले नै ल्याएर चिनाएकाले गीताले सुदामालाई आफ्नै घरमा काम गर्न प्रस्ताव गरिन् । सुदामाले सजिलै स्विकारे । छोरीले लामिछाने थरकै घरेलु सहयोगी ल्याइन् भनेर आमा पार्वती ढकाल पनि दंग परिन् । घरमा काम गर्ने भए पनि पार्वती सुदामालाई असाध्यै स्नेह …

पुरा पढ्नुहॊस »

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।   उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।   आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, …

पुरा पढ्नुहॊस »

चीनद्धारा आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।ने पाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन ।

पुरा पढ्नुहॊस »

डा. गोविन्द केसीले अनसन स्थगित गरे

काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् । देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका हुन् ।

पुरा पढ्नुहॊस »