काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ । काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेकाे तापक्रम ३.६ रेकर्ड भएको …
पुरा पढ्नुहॊस »सुन्तला बोकेको बोलेरो दुर्घटना हुँदा १को मृत्यु ,चार घाईते
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका– ४ सल्लेबाट सुन्तला बोकेर गाईघाट आउँदै गरेको बोलेरो दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन । स १ च १२२८ नम्बरको बोलेरो गाईघाट सल्ले सडकको जितेनी पाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्य हुनेमा त्रियुगा नगरपालिका– १० बोक्सेका ५० वर्षिय कमलबहादुर मगर छन् । गम्भिर घाईते हुनेमा बोलेरो चालक रौतामाई गाँउपालिका– ४ सल्लेका ३५ वर्षिय रत्नबहादुर राई, रौतामाई गाँउपालिका– …
पुरा पढ्नुहॊस »पार्टी एकता र सरकार गठनबारे ओली-दाहाल छलफल आज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता हुने भएको छ। भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो। यद्यपि दुई नेताको भेटघाटको स्थान र समय भने तय नभइसकेको उनीहरूका सचिवालयले जनाएका छन्। एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले दुई नेताबीच भेटघाट तय भए पनि …
पुरा पढ्नुहॊस »नेपाली टोपी नेपालको पहिचान, टोपी दिवस मनाइदै
काठमाडौं । राजधानीका युवाहरुले आगामी जनवरी १ मा नेपाली टोपी दिवसको तयारी गरिरहेका छन् । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएका यहाँका युवाहरुले यस वर्ष भने औपचारिक कार्यक्रम नै गरेर टोपी दिवस मनाउने तयारी गरिरहेका छन् । जनवरी १ मा विशेष कार्यक्रमको आयोजना गरि नेपाली टोपी दिवसको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्य राखिएको छ। यो बर्ष …
पुरा पढ्नुहॊस »काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते
काठमाडौं । काठमाडौंको मैतिदेवीमा आज बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।घाइतेको ट्रमा सेन्टर र नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बिहान ६ बजेको समयमा गौशलाबाट रत्नपार्क जाँदै गरेको बा २ ख ८७३३ नम्बरको बस दुर्घटनामा परेको हो ।मैतिदेवीको पुल नजिकै सडक किनारामा रहेको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो ।
पुरा पढ्नुहॊस »हिटर बालेर सुत्दा, १ जनाको मृत्यु
काभ्रे ।काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाको मृत्यु भएको छ । हिटर बालेर सुत्दा हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।
पुरा पढ्नुहॊस »शीतलहरका कारण तराईको जनजीवन कष्टकर, हवार्इ उडान प्रभावित
नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईको जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन । शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर …
पुरा पढ्नुहॊस »कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले अाजैबाट काम सुरू गर्दै
कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि कर्फ्यु …
पुरा पढ्नुहॊस »माइती नेपालले हराएका चेली खोज्नेछ अब मोवाइल एपले (फोटो र भिडियो)
काठमाडौं। नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पुग्छन् । दलाल र आफन्तबाटै बेचिन पुग्ने ती चेलिको खोजीमा माइती नेपाल सक्रियतापूर्वक लाग्दै आएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा नाकामा दलाल र हराएका चेलिबेटीको फोटो बोकेर आवतजावत गर्नेको अनुहार हेर्दै हिँडिरहेका हुन्छन् । अब माइती नेपालका भोलन्टियरहरु प्रविधिले सुसज्जित हुने भएका छन् । उनीहरु स्मार्ट फोन बोकेर हिँड्नेछन् । सीमामा संकास्पद ब्यक्तिलाई भेटे मोवाइलमा फोटो खिच्ने छन् । …
पुरा पढ्नुहॊस »राष्ट्रपति परामर्शमै व्यस्त, फोरम र राजपालाई बोलाइयो शितलनिवास
काठमाडौं । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राखेकी छन् । उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपाका शीष नेताहरुसँग परामर्श गर्दैछिन् । परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ । राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । …
पुरा पढ्नुहॊस »